काठमाडौँ, १ फागुन । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन ७६ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





