सन्दिप बने ‘प्लेयर अफ दि म्याच’

काठमाडौँ, २९ माघ । आईसीसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गतको अन्तिम खेलमा सन्दिप लामिछाने ‘प्लेयर अफ दि म्याच’ बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ । नेपालको लागि पूर्व कप्तान पारस खड्काले १२ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै २० बनाए । दिपेन्द्र सिंह ऐरीले ११ बलमा २ चौका र एक छक्का प्रहार गर्दै १५ रन जोड्न सफल भए । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए ।

लेग स्पिनर लामिछानेले ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिएका थिए । योसँगै सन्दीप ‘प्लेयर अफ दि म्याच’ चुनिए । सन्दिप, नेपालबाट ओडीआईमा ६ विकेट लिने पहिलो खेलाडी समेत बने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र