करियरका विद्यार्थीलाई कार्यक्रम सञ्चालन र उद्घोषण सम्वन्धि एकहप्ते तालीम

काठमाडौँ, २९ माघ । आफु पढ्दै गरेको विद्यालयमा विभिन्न समयमा कार्यक्रम आयोजना गर्दा कार्यक्रमको उद्घोषण गर्न विद्यार्थीका लागि त्यति सहज हुँदैन ।

धेरैजसो विद्यालयमा त विद्यार्थीहरुमा उद्घोष्ण र कार्यक्रम सञ्चालन गर्ने आत्मविश्वास नहुँदा त शिक्षकले नै कार्यक्रम सञ्चालन गर्दै आएका हुन्छन ।

कार्यक्रम सञ्चालन गर्दा होस् या उद्घोषण गर्दा दर्शकको अगाडी लुगलुग काम्ने बानीबाट छुटकारा दिन र जतिसुकै ठुलो कार्यक्रम भएपनि आत्मविश्वासका साथ उद्घोषण गर्दै कार्यक्रम सफल रुपमा सञ्चालन गर्न विद्यार्थीलाई सक्षम बनाउने उद्धेश्यले पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीले एकहप्ता लामो उद्घोषण र कार्यक्रम सञ्चालन सम्वन्धि तालीम दिएको छ ।

कार्यक्रम सञ्चालन गर्न र उद्घोषण गर्न इच्छुक सो विद्यालयका ८ कक्षाका २० जना विद्यार्थीको छनौट गरी रेडियो कान्तिपुर कार्यक्रम सञ्चालक राजेश पाण्डेद्वारा सो तालीम सञ्चालन गरिएको प्रिन्सिपल हेम राईले बताउनुभयो । उनीहरुलाई एकहप्तासम्म दैनिक साँढे दुईघण्टासम्म तालीम दिइएको थियो ।

आत्मविश्वासका साथ विद्यार्थीको बोल्ने क्षमताको विकास गर्नुको साथै सानो कक्षाका विद्यार्थीहरुलाई तालीम समेत दिन आवश्यक पर्ने प्रशिक्षक तयार गर्ने उद्धेश्यले सो सप्ताहव्यापी तालीमको आयोजना गरिएको पनि प्रिन्सिपल राईले बताउनुभयो ।

प्रिन्सिपल राईका अनुसार तालीम लिएका ८ कक्षाका २० जना विद्यार्थीलाई दुईवटा अलग अलग क्लव बनाई त्यसमार्फत ७ कक्षा र त्यसभन्दा मूनिका कक्षाका विद्यार्थीलाई कार्यक्रम सञ्चालन र उद्घोषण सम्वन्धि नियमित तालीम दिइने लक्षय राखिएको छ ।

तालीमका सहभागी प्रशिक्षार्थीहरुलाई करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष एवम् एभरेस्ट फाउण्डेशनका अध्यक्ष तेज श्रेष्ठले प्रमाणपत्र वितरण गर्दै अव जस्तोसुकै ठुलो कार्यक्रममा पनि करियरका विद्यार्थीहरु कार्यक्रम सञ्चालन गर्न सक्षम रहेको बताउनुभयो ।

त्यस अवसरमा विद्यालयका प्रिन्सिपल हेम राई तथा तालीमका प्रशिक्षक रेडियो कानितपुरका कार्यक्रम सञ्चालक राजेश पाण्डेले पनि तालीमको महत्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका