दुई किलोमिटर लम्बाइमा फलाम खानी

काठमाडौँ, २९ माघ । झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नम्बर ६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी पुनः उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको हो ।

विभागले चालू आर्थिक वर्षमा फलाम खानीको विस्तृत सर्वेक्षण गर्न थालेको छ । त्यसका लागि भूगर्भविद् ठाकुर कँडेल, प्रकाश पोखरेलसहितको टोलीको एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गुणस्तर के कति छ भनेर अध्ययन गरिरहेको पोखरलले जानकारी दिए ।

उनका अनुसार इलेक्ट्रिकल रेसिस्टीभिटी (ईआरटी) को माध्यमबाट अध्ययन अनुसन्धानको काम भइरहेको छ । अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको छ । २ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमुना संकलन गरिरहेको पोखरेलले बताए । यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६