काठमाडौँ, २८ माघ । त्रिभुवन आर्मी क्लबका खेलाडी भरत खवासले शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् ।
उनी यो उपलब्धी हासिल गर्ने सातौं नेपाली खेलाडी बने । आर्मी अब उपाधिबाट एक कदम मात्र टाढा छ अर्थात १ अंक जोडे लिग च्याम्पियन बन्नेछ । त्यसैको टिमको नेतृत्व उनलै भरत खवासले गरिरहेका छन् । यस सिजन लिगमा १२ खेल खेल्दा ४ गोल मात्र गरेपछि भरतले लिगमा ५० गोलको कोशेढुंगा पूरा गरे ।
लिग अन्तर्गत मंगलबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३-० को जित हात पार्दा भरतले पहिलो गोल गरेका थिए । एन्फा कम्प्लेक्समा पाँचौ मिनेटमा गरेको गोल नै उनको लिगमा ५० औं गोल रह्यो । उनले जर्ज प्रिन्स कार्कीको क्रसमा गोल गरेका थिए । खेलपछि उनले भने, ‘शुरुमा ५० गोल पुर्याउँछु भन्ने लक्ष्य थिएन । तर अहिले ५० गोल पूरा गर्दा एकदमै खुशी लागेको छ ।’






