काठमाडौँ, २७ माघ । मौसम तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काउली, बन्दा, गोलभेडा, साग, मुला, आलु, गाजर जस्ता दैनिक उपभोग्य तरकारीको मूल्य साढे दुई महिना अवधिमा आधाभन्दा धेरै सस्तोमा थोक तथा खुद्रामा खरिद बिक्री भईरहेको छ ।
साढे दुई महिना अवधिमा तराई काउलीको थोक मूल्यमा ७८ प्रतिशतको ह्रास आएको छ । तराई गाजरको मूल्य पनि ६९ प्रतिशतले घटेको छ, टनेल गोलभेडाको मूल्य ६४ प्रतिशतले घट्दा सुकेको भारतीय प्याजको मूल्य ६६ प्रतिशतले घटेको बजार बिकास समितिले जनाएको छ ।







