काठमाडौँ, २७ माघ । शहीद स्मारक ए डिभिजन लिगमा आजबाट १२औं चरणका खेलहरु शुरु हुँदैछन् । आजदेखि दैनिक ३ खेल हुनेछ ।
सबै खेल सातदोबाटोस्थित एन्फा कम्पलेक्समै बिहान मध्याह्न र दिउँसो गरी ३ खेल हुने भएको छ । बिहानै पौने ९ बजे विभागीय टोली एपीएफले फ्रेण्ड्स क्लबसँग खेल्नेछ ।
यस्तै दिउँसो सवा १२ बजे हुने खेलमा च्यासल युथ क्लबले रेलिगेसनको अर्को दाबेदार सरस्वती युथ क्लबसँग खेल्नेछ । यस्तै तेस्रो खेल संकटा क्लब र मच्छिन्द्र क्लबबीच दिउँसो साढे ३ बजे शुरु हुनेछ ।





