चीनवाट फर्काईने नेपाली राख्न दुई भवन खाली गरियो : नगरपालिका र स्थानीयको बिरोध

भक्तपुर, २५ माघ । रमेश गिरी । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको दुईवटा भवन खाली गराएको छ ।

प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो । चीनको वुहानबाट फर्काईने नेपाली राख्ने क्वारेन्टाईनका दुई भवन खाली गराएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो ।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनीक भवनमा सारिएको र वातावरण विभागको भवनको सामान पनि सारिएकोे उहाँले जानकारी दिनुभयो । भवन खाली गराउन होस्टेलमा रहेका विरामीहरुलाई फर्काइएको र दुबै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ ।

नेपाली सेनाको प्राबिधिक, स्वास्थ्य मन्त्रालय लगायतको टोलीले अध्ययन गरि उक्त ठाउँको छनौट गर्दै सरकारलाई प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा आईसोलेसन वार्डका रुपमा क्वारेन्टाईन राख्ने निर्णय गरेको बताईएको छ ।

टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख सविन प्रधान लगायत सृुरक्षा निकायको टोलीले हिजो शुक्रबार उक्त स्थानको अबस्था र तयारीकोबारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन् ।

टोलीले यो ठाउँको छनौट गर्दा स्वास्थ्य मन्त्रालयबाट आएका कर्मचारीले चीनबाट फर्काइएका नेपाली राख्न आईसोलेसन मात्रै भएकाले माथिल्लो भवनमा कर्मचारीले काम सक्ने जानकारी गराएको बताउदै सहनिर्देशक ओलीले कर्मचारीमा त्रास फैलिएको बताउनुभयो ।

कर्मचारीमा त्रास फैलिएकाले त्यस क्षेत्रमा बसेर काम गर्न सक्ने वातावरण नभएको भन्दै कर्मचारीलाई कहाँ लैजाने भन्ने निर्णय नभएको बताईएको छ । प्राधिकरण भित्र अहिले बिभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अबस्था आएको बताएको छ ।

खरिपाटीमा क्वारेन्टराईन राख्ने सरकारको निर्णयसंगै स्थानीयले चर्को बिरोध गर्दै आएका छन् । स्थानीय बासिन्दाले यो ठाउँमा क्वारेन्टाईन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै आएका छन् । चाँगुनारायण नगरपालिका मार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

चाँगुनारायण नगरपालिकाको छैठौ नगरसभाले समेत चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

उहाँले चीनबाट फर्काइएका नेपालीका लागि खरिपार्टीमा क्वारेन्टाईन राख्ने सरकारको निर्णय कुनैपनि दृष्टिकोणले उपयुक्त नभएको नगरसभाले ठहर गर्र्दै त्यसको बिकल्प खोज्न आग्रह गरेको जानकारी दिनुभयो ।

चाँगुनारायणको केन्द्र र बस्तीको बिचमा रहेको यो क्षेत्र कुनैपनि दृष्टिकोणले उपयुक्त नभएको भन्दै यो क्षेत्रमा क्वारेन्टाईन राख्दा स्थानीयबाट आउने अबरोध र संकटलाई मध्यनजर गर्दै सरकारलाई अन्यत्र बिकल्प खोज्न आग्रह गरेको उहाँको भनाई थियो ।

चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष परासर सापकोटा, वडा नं. २ का अध्यक्ष शिवहरि केसी, वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर धिमाल, वडा नं. ४ का वडा अध्यक्ष बुद्धिलाल महर्जनले चीनबाट फर्काइएका नेपाली खरिपाटीमा राख्ने निर्णयले आमनागरिकमा त्रास र क्रोध जन्माएको बताउदै बस्तीको बिचमा क्वारेन्टाइन राख्नु कुनै हालतमा उपयुक्त नभएको बताउनुभयो ।

बस्तीभन्दा २ किलोमिटर टाढा क्वारेन्टाईन राख्नु पर्ने अन्तर्राष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बिचमा चीनबाट फर्काईएका नेपाली राख्न खोजेको भन्दै उहाँहरुले बिरोध गर्नुभएको हो ।

वडा नं. ९ का वडासदस्य कमला गिरीले चीनबाट फर्काईएका नेपालीलाई घनावस्तीको बिचमा राख्ने सरकारको निर्णयले स्थानीय बासिन्दादेखि पर्यटकीय क्षेत्रलाई समेत असर पर्ने भन्दै सच्याउन माग गर्नुभयो ।

यसअघि नेपाली काँग्रेसले सरकारको यो निर्णयको बिरोध गर्दै आन्दोलन र धर्ना दिएको छभने नकेपा, नेमकिपा र राप्रपा संयुक्तले पनि खरिपाटीमा क्वारेन्टाईन राख्नै नदिने भन्दै बिरोध गरेका छन् । यता सूर्यविनायक बीरदल गणमा पनि क्वारेन्टाईन राख्ने भनिएपनि त्यसबारेमा कुनै जानकारी नआएको र राख्ने ठाउँ समेत नभएको नेपाली सेना बीरदल गणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021