राष्ट्रपति ट्रम्पले बर्खास्त गरे दुई उच्च अधिकारी

एजेन्सी, २५ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा साक्षीका रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् ।

अमेरिकी तल्लो सदनमा भएको ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा सुनुवाईमा उपस्थित भएका उच्च अधिकारीलाई ट्रम्पले बर्खास्त गरेका छन् ।

तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाएका छन् । माथिल्लो सदन सिनेटले गएको बुधबार महाभियोगमा ट्रम्पलाई दोषी ठहर नगर्ने पक्षमा मतदान गरेको हो । त्यसपछि राष्ट्रपति ट्रम्पले आफूविरुद्ध तल्लो सदनमा भएको अनुसन्धानको क्रममा बयान दिएका युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धमा उच्च अमेरिकी विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिण्डम्यानलाई बर्खास्त गरेका हुन् ।

भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले तत्काल लागु हुने गरी इयुका लागि अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा