कांग्रेसले संसद् र सडक ततायो

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसले बालुलाटारस्थित ललितानिवास जग्गा प्रकरणमा कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बदनियतपूर्ण तरिकाले भ्रष्टाचार मुद्दा लगाइएको भन्दै शुक्रबार पनि संसद् बैठक अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठक अवरुद्ध गरेको कांग्रेसले दोस्रो दिनको बैठक पनि अवरुद्ध गरेको हो । संसद्को पहिलो बैठक अवरुद्ध भएपछि शुक्रबार नै दोस्रो बैठक बोलाइएको थियो । दोस्रो बैठक बस्न नसकेपछि आइतबार १ः०० बजेसम्मका लागि सूचना जारी गरी स्थगित भएको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले शुक्रबारको संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो । यता संसद् अवरुद्ध भइरहँदा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । अख्तियारले बुधबार गच्छदारसहित १ सय ७५ जनालाई बालुवाटार जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो ।

संसद्बाट कांग्रेसले र सडकबाट कार्यकर्ताले गच्छदारलाई कारबाही गर्ने भए सो प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल, उनका छोरा नवीन पौडेल, पूर्व मुख्यसचिव लीलामणि पौडेल र अन्यलाई पनि कारबाही गर्नुपर्ने माग राखेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021