विश्वकप लिग २ मा आज अमेरिका र नेपाल भिड्दै

काठमाडौँ, २५ माघ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपाल र अमेरिका भिड्दै छ । सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रूपमा रहेको लिगअन्तर्गत त्रिकोणात्मक सिरिज अहिले नेपालमा भइरहेको छ । जसमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गरिरहेका छन् ।

सुरुवाती दुवै खेल जित्दै ओमानले ४ अंक थपिसकेको छ । लिग २ मा नेपालले यसै सिरिजबाट डेब्यु गरेको हो । त्यसैले नेपाल सिरिजमा पहिलो अंकको खोजीमा छ । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

घरेलु मैदानमा पनि नेपालको यो पहिलो सिरिज हो । उता, अमेरिका पहिलो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । नेपालजस्तै अमेरिका पनि यो सिरिजमा जितको खोजीमा छ । यद्यपि, अंकतालिकामा समान १२ अंक रहे पनि अमेरिका ओमानभन्दा रनरेटमा अगाडि छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र