कांग्रेसले झुटको खेती नगरोस् : प्रवक्ता श्रेष्ठ

गोरखा, २४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार तथा नेकपाको विरुद्धमा झुटको खेती गरिरहेकाले गैरजिम्मेवारी प्रवृक्ति रोक्न आग्रह गर्नुभएको छ ।

शुक्रबार गोरखामा आयोजित कार्यक्रममा उहाँले ललिता निवास जग्गा प्रकरणको विषयललाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु गलत भएको बताउनुभयो । उहाँले चित्त नबुझेको कुरामा विरोध गर्नु प्रतिपक्षीको चरित्र भए पनि आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले संवैधानिक अंगको विरोधमा आवाज उठाउनु गलत भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अख्तियार छुट्टै संवैधानिक अंग हो । यसलाई अझै बढी प्रभावकारी बनाउनु पर्छ भन्ने हाम्रो पार्टी र सरकार दुवैको धारणा छ । तर अख्तियार सरकारद्वारा निर्देशित छ भन्ने प्रचारमा लागेर कांग्रेसले संसद अवरुद्ध गर्नु गलत हो ।’

आफ्नो काम गर्न अख्तियार स्वतन्त्र रहेको भन्दै नेता श्रेष्ठले नेकपाले संवैधानिक अंगहरुलाई हस्तक्षेप नगर्ने बताउँदै भन्नुभयो, ‘जुनसुकै पार्टीको भएपनि भष्ट्राचारी छुट्नु हुँदैन भन्ने हाम्रो दृढ मान्यता हो । यसमा अख्तियारलाई स्वतन्त्र ढङ्गले काम गर्न पाउने वातावरण सिर्जना गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021