पोखरा र भैरहवा विमानस्‍थलले क्रान्ति ल्याउँछ : प्रम ओली

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवामाछिट्टै सञ्चालनमा आउन लागेका दुई अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको हवाइ कनेक्टिभिटीमा क्रान्ति ल्याउने दावी गर्नुभएको छ ।

शुक्रबारबाट सुरु भएको कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा विद्वत प्रवचन दिँदै प्रधानमन्त्री ओलीले अब नेपालले हवाई तथा जल मार्गमा ठूलो फड्को मार्ने बताउनुभयो । सरकारको चाहना निजीक्षेत्रले प्रतिस्पर्धात्मक वातावरणमा कार्य गर्न पाउन र सबैले समान अवसर प्राप्तगरुन् भन्ने नै भएको बताउँदै प्रधानमन्त्री ओलीले कसैलाई काखा कसैलाई पाखा नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल विचार, प्राकृतिक रसांस्कृतिक स्रोतमा पनि धनी भएको उल्लेख गर्दै उहाँले नेपालले अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्‍भाव प्राप्त गरिरहेको बताउनुभयो । नेपालले विकास र समृद्धिका क्षेत्रमा तत्काल काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले भन्नुभयो, ‘हामीलाई आजै गर्नुपर्ने बाध्यता छ। हामीसँग भोलिगर्छु भन्ने सुविधा छैन । हाम्रो लागि समयको निकै महत्व छ । हामीलाई ढिला गरेरहिँड्ने सुविधा पनि छैन । हामीलाई असफल हुने सुविधा पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021