कलेजको पहिलो दिनदेखि नै उद्यमशिल बन्नुपर्छ : अध्यक्ष पुन

कास्की, २४ माघ । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको विद्यार्थी मेला २०२० मा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले अवलोकन गर्नुभएको छ ।

मेलालाई सम्बोधन नेपाली युवाहरुमा मौलाउँदै गरेको नेपालमा अध्ययन पुरा गर्ने अनि विदेश जाने प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अध्ययन पछि नभइ अध्ययन र उद्दमशलिता सँगसँगै लानुपर्ने सुझाव विद्यार्थीहरुलाई दिनुभयो । आविष्कार र अन्वेषण सबैलाई चाहिन्छ, पुनले अगाडि भन्नुभयो, नेपालमा राजनीतिले ठीक दिसा नलिनुको कारण यसमा अन्वेषण र अनुसन्धानको कमि हुनु नै हो ।

मेलाको विभिन्न प्रदर्शनीहरु तथा रोवर्ट भिडन्तको अवलोकन गर्दै उहाँले मेलामा देखाउनका लागि मात्र नभई यस्ता गतिविधिहरुमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । साथै उहाँले राम्रो योेजना लिएर टिम बनाएर आउन विद्यार्थीहरुलाई आह्वान गर्नुभयो ।

मेलामा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई पच्चीस हजार रुपैयाँ सहयोग गरिएको समेत कोषाध्यक्ष प्रकृति दवाडीले जानकारी दिनुभयो । केन्द्रको सहयोगार्थ मेलामा पुस्तक मेला समेत आयोजना गरिएको छ ।

मेलाको महिला सशक्तिकरण नामक सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुनिता बरालले महिलाहरुलाई राजनीतिमा पछाडी पार्नुले देशको विकासमा नै गम्भीर असर परिरहेको बताउनुभयो । मेलाको शुक्रबारको सत्रमा पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर, रोवर्ट भिडन्त, कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021