अनुचित काममा लागेको जोसुकै किन नहोस्, उम्किन पाउँदैन : बरिष्ठ नेता नेपाल

विराटनगर, २४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माघब कुमार नेपालले अबका दिनमा अनुचित काममा लागेको जोसुकैलाई उम्बन दिन नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार विहान स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिँदै आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको दाबी गर्नुभयो । नेता नेपालले जग्गा प्रकरणमा आफू दोषी नभएको बताउँदै उहाँले भन्नुभयो, ‘अनुचित काममा लागेको जोसुकै किन नहोस्, उम्किन पाउँदैन । म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ । मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन ।’

ललिता निवास प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष मान्छे पर्न पनि नहुने बताउँदै उहाँले भन्नुभयो, ‘ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन हुन्न, निर्दोष पनि पर्न हुन्न ।’ कांग्रेसले भनेजस्तो पार्टीगत रुपमा कसैलाई फसाउन खोजेको जस्तो आफूलाई नलागेको पनि उहाँले बताउँदै कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको हो भने त्यो गतल हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021