घुससहित पक्राउ परेका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी उक्त रकम घुस लिएको तथ्य निर्विवाद पुष्टि भएको आयोगले आरोप लगाएको छ ।

यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक