अरुण तेस्रोमा जुट्यो खर्ब, भारतीय कम्पनी ‘सतलज’सँग सम्झाैता

काठमाडौँ, २४ माघ । लगानी बोर्डका परियोजनामध्ये सबैभन्दा ठूलो वैदेशिक लगानी भित्रिने गरी नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

सन् २०११ मा सम्पन्न विस्तृत आयोजना प्रतिवेदनअनुसार एक खर्ब चार अर्ब रुपियाँ लागत अनुमान गरिएको सो आयोजनाका लागि भारतीय पाँच बैङ्कको ८५ अर्ब ९८ करोड रुपियाँ ऋण लगानी हुने गरी सम्झौता भएको हो । नेपालका दुईवटा बैङ्कले कुल १५ अर्ब ३६ करोड रुपियाँ लगानी गर्ने गरी सम्झौता गरेका छन् । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा बन्ने यो आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले स्वपुँजी लगानी गर्ने छ । आयोजनाको अन्तिम लागत एक खर्ब ४४ अर्ब रुपियाँसम्म लाग्ने अनुमान छ ।

भारतीय बैङ्कहरू स्टेट बैङ्क अफ इन्डिया, कनारा बैङ्क, पन्जाब नेसनल बैङ्क, एक्जिम बैङ्क अफ इन्डिया र युनियन बैङ्कले लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यस्तै नेपाली दुई बैङ्क हिमालयन बैङ्क र नबिल बैङ्कले १५ अर्ब ३६ करोड रुपियाँ ऋण लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

वित्तीय व्यवस्थापन सम्झौता समारोहलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यो सम्झौताले नेपालमा लगानी गर्न ठीक छ भन्ने निष्कर्षमा विदेशी लगानीकर्ता पुगेको टिप्पणी गर्नुभयो । “बोर्डको इतिहासमा हालसम्मकै ठूलो परिमाणमा वैदेशिक लगानी आउने गरी भएको यो सम्झौताले नेपाल लगानीको सुरक्षित र उपयुक्त स्थल हो भन्ने प्रमाणित गरेको छ”, उहाँले भन्नुभयो ।

सन् २००८ को मार्चमा अरुण तेस्रो जलविद्युत् आयोजना विकासका लागि नेपाल सरकार र एसजेभीएनबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको ६ वर्षपछि आयोजना विकास सम्झौता भएको थियो । सन् २०१८ मेमा विद्युत् उत्पादन अनुमति प्राप्त गरेको सतलजले सोही महिना नै परियोजना निर्माणको औपचारिक शिलान्यास गरेको थियो । आयोजना कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)को तयारीअनुसार यो आयोजनाबाट सन् २०२३ को अन्त्यसम्ममा व्यावसायिक विद्युत् उत्पादन थालिने छ भने त्यसको २५ वर्षपछि सन् २०४८ मा आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुने छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021