किनमेलका लागि नेपाली भारत जाने होइन, भारतीयलाई आउने बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

वुटवल, २३ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी दिनमा कुनै पनि सामान किनमेलका लागि नेपाली भारत जाने नभई भारतीय नेपालमा आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँलाई शपथग्रहण गराउँदै मुख्यमन्त्री पोखरेलले नेपालीहरु किनमेलका लागि भारतीय बजारमा जाने प्रचलनको अन्त्यका लागि सीमा नाकाका शहरमा व्यावसायिक महल बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताउँदै उहाँले नागरिकको लगानी सही ठाउँमा प्रयोग हुने गरी पूर्वाधार विकासका काम अगाडि बढाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले राज्यको सम्पत्ति राज्यकै काममा प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश योजना आयोगले लगानी सम्मेलनसँग जोडिएर आयोजना पहिचान गरिरहेको छ, त्यो सन्दर्भमा आफ्नो सहभागितालाई परिणाममुखी बनाउन जरुरी छ, यसको अगुवाइ पूर्वाधार विकास प्राधिकरणले गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021