उपसभापति गच्छदारको बचाउमा काँग्रेसद्वारा विरोधका कार्यक्रम घोषणा

काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारको बचाउमा भ्रातृ संगठन सडकमा उत्राने भएको छ ।

आज बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारीसहित शीर्ष नेतासँगको छलफमा गच्छदारको बचाउका लागि पार्टी राजनीतिक र कानुनी लडाइँ लड्ने र भातृसंगठनलाइ सडकमा उतार्ने निर्णय गरेको थियो । त्यसपछि गच्छदारमाथिको मुद्दाका विषयमा राजनीतिक संघर्षका लागि पार्टी कार्यालय सानेपामा काँग्रेसका पदाधिकारी र भ्रातृ संगठनका पदाधिकारी छलफल भएको हो । उक्त छलफलबाट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललाई सडकमा उत्रार्ने निर्णय भएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गच्छदारमाथि विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेपछि काँग्रेस आक्रामक बनेको हो । गच्छदारमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको काँग्रेसको निष्कर्ष छ ।

गच्छदारमाथिको निर्णय सच्याउन माग गर्दै भोलि ९शुक्रबार० दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन हुनेछ । यस्तै नेपाल तरुण दलको नेतृत्वमा आगामी आइतबार दिउँसो १ बजे माइतीघरमै प्रदर्शन निर्णय गरिएको छ ।

यता काँग्रेसले गच्छदारको बचाउमा संघीय संसदको प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गरेको छ । संसदीय रणनीति थप गर्ने शुक्रबार संसदीय दलको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021