नायिका खड्काद्वारा क्यान्सर पीडितलाई ५० हजार सहयोग

काठमाडौँ, २३ माघ । नायिका श्वेता खड्काले एक क्यान्सर पीडितलाई ५० हजार सहयोग गरेकी छन ।

नायिका खड्काले आफ्नो जन्मदिन दिन क्यान्सर पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परियारलाई टिचिङ्ग अस्पातलमै पुगेर खड्काले ५० हजार सहयोग गरेकी हुन ।

सहयोग गर्दै खड्काले भनिन्,  ‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस दिन आएकी हुँ । आफ्नो उपस्थितिले दिनाको ओठमा मुस्कान देखिनु नै आफ्नो जन्मदिनको सबै भन्दा ठूलो गिफ्ट भएको बताइन् ।’

क्यान्सरकै कारण ५ बर्ष अगाडि आफ्ना पति श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु परेको दुखद क्षणलाई सम्झदै नायिका खड्काले भनिन्, ‘क्यान्सरले मेरो खुशी खोसेको छ, त्यसैले यो रोगलाई म मेरो शत्रुको रुपमा लिन्छु । ‘यो रोगले मेरो जीवनसाथीलाई समेत मृत्‍युको काखमा पुर्‍याएको छ ।’

क्यान्सर रोगका कारण आफ्नो जीवनमा अपुरणीय क्षती भएको बताउँदै श्वेताले आफू क्यान्सर अस्पताल निर्माणको कार्यमा जुटेको समेत जानकारी दिइन् । उनले जावलाखेलमा रहेको नेशनल क्यान्सर अस्पताललाई बिस्तार गर्न लागेको जानकारी पनि दिइन् ।

उनले भनिन्,  ‘आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकेकाहरुको लागि मेरो अस्पतालले सेवा दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021