लागूऔषध प्रयोगकर्तालाई दण्ड होइन परामर्श : आइजीपी खनाल

बुटवल, २३ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले संयुक्त रुपमा लागूऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि परामर्श केन्द्रको उद्घाटन गरेका छन  ।

आज बुटवल उपमहानगरपालिकाको वडा नंं ५ कार्यालय नजिकै निशुल्क कानुनी तथा मनो सामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको हो । उद्घाट्नपछि समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक (आइजीपी) सवेन्द्र खनालले लागूऔषध प्रयोगकर्तालाई दण्ड होइन परामर्श दिने उद्देश्यले बुटवल उपमहानगरको सहकार्यमा परामर्श कन्द्र सञ्चालनमा ल्याइएको बताए ।

महानिरीक्षक खनालले भारतसँगको खुला सिमाको कारण लागूऔषधको प्रयोग तथा ओसारपसारका अपराधहरु हुने गरेको उल्लेख गर्दै समुदायको सहयोगले मात्रै लागूऔषध, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सम्भव हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी र समुदायका बीचमा सामुहिक प्रयास जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021