मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ, २३ माघ । राष्ट्रिय सभाबाट पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकेर विधेयक सर्वसम्मत पारित गरेको हो । सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताए ।

कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो ।

उनले भने,  ‘सेकेण्ड सेकेण्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको संभावना बोकेको क्षेत्रलाई आफैँ कम्पिटिटिभ छ भने त्यो व्यवस्था (लाइसेन्स) किन त ? भन्ने कुरा हो । विश्वविद्यालयबाट आउने कुरा भयो ।’

‘यद्यपी, पत्रकारले लाइसेनस लिनुपर्ने व्यवस्था आफैंमा भने नराम्रो नरहेको उनले बताए । पेशागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको थियो’ मन्त्री बास्कोटाले भने ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

काठमाडौँ, ११ असोज । काठमाडौँ जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने

काठमाडौँ, ११ असोज । चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई

काठमाडौँ, ११ असोज । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021