गच्छदारमाथि मुद्दा चलाएको भन्दै कांग्रेसद्वारा संसद अवरोध

काठमाडौँ, २३ माघ । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरोध गरेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेस भएकै कारण गच्छदारमाथि प्रतिसोधपूर्ण रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको आरोप लगाउदै उनले भनिन, ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छायाँ बनेको पुष्टि भएको छ ।’  कसैलाई जग्गा फिर्ता गरेको भन्दै मुद्दा नचलाउने र कसैलाई मुद्दा चलाउने निर्णय गरेर कसैलाई काखा कसैलाई पाखा गरिएको भुसालले बताइन् ।

अख्तियारले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021