विश्व बैंकले ८६ हजार घर पुनर्निर्माण गर्न दियो २३ अर्ब ऋण

काठमाडौँ, २३ माघ । विश्व बैंकले थप ८६ हजार ६ सय ८० वटा घरको पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर (२२ अर्ब ८२ करोड) रुपैयाँ प्रदान गरेको छ ।

बिहीबार ऋण सहायता बिस्तार सम्बन्धमा विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भएको छ । ३२ जिल्लाका लाभग्राही भूकम्पपिडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुने भएको छ ।

सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच हाडाड-जर्भोसले हस्ताक्षर गरेका छन् ।

सरकारले भूकम्पबाट भत्किएका निजी आवास पुननिर्माणमा ३ लाख रुपैयाँ अनुदान दिएको छ । परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021