काठमाडौँ, २३ माघ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलोपटक नेपालमा भइरहेको सिरिजमा आज ओमान र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
७ टोली सहभागी यस लिगमा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ। नेपाललाई हराएपछि ओमान १० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।





