ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचारको लागि बीमितलाई २० लाख रकम हस्तान्तरण

काठमाडौँ, २२ माघ । ज्योति लाईफ इन्स्योरेन्सले दोलखा घर भई बनेपा, काभ्रे बस्ने यस कम्पनीका बीमित सलिम श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत बीस लाख रुपैयाँ प्रदान गरेको छ ।

हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरुको लागि रु.५० लाखसम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गर्ने नेपालको एकमात्र जीवन बीमा कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको इन्स्योरेन्सले निज बीमितले २०७६ साल आषाढमा बीस लाख रुपैंया बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गर्नु भएकोले बीमा सुविधा वापत उपचारको लागि उक्त रकम प्राप्त गर्नु भएको हो ।

रकम हस्तान्तरणको क्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफ इन्स्योरेन्स सर्वाधिक घातक रोगहरुको उपचार सुविधा प्रदान गर्ने पहिलो नेपाली बीमा कम्पनी भएको र संयोगबस विश्व क्यान्सर दिवसकै दिन यसरी घातक रोग लागेका बिमितलाई उपचार खर्च दिन पाउँदा कम्पनीको सधैँ तपाईँको साथ भन्ने नारा सार्थक भएको र आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरिय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै कम्पनीले जनचाहना बमोजिम बीमितहरुको आर्थिक जोखिम न्यूनिकरण गर्दै भविष्य सुनिश्चितताको लागि आकर्षक बीमा योजनाहरु बजारमा ल्याउने कुरा बताउनु भयो ।

कार्यक्रममा बीमित सलिम श्रेष्ठले ज्योति लाईफमा बीमा गर्दा घातक रोग उपचार सुविधा प्राप्त भएकोले उपचार गर्न आर्थिक रुपले निर्धक्क भएको र रोगसँग लड्न थप हौसला मिलेको कुरा जानकारी गराउँदै ज्योति लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021