सांसद बस्नेतद्वारा १३ औं सागमा पदक विजेता तथा तीन संस्थालाई सम्मान

भक्तपुर , १३ माघ । नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल भक्तपुरका खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित भएका छन् ।

बुधबार भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा पदक जित्न सफल खेलाडी, उद्योग बाणीज्य संघका नवनिर्वाचित पदाधिकारी, भक्तपुर जिल्ला खेलकुद विकास समिति तथा हनुमन्ते नदी सफाई अभियानले गौरवमय १००औं हप्ता सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा १३ औं सागमा कराँतेमा दोहोरो स्वर्ण पदक जित्न सफल मन्देकाजी श्रेष्ठलाई नगद ३० हजार रुपैयाँ , स्वर्ण पदक बिजेता उसु खेलाडी सुस्मिता तामाङ्गलाई २५ हजार रुपैयाँ, तेक्वान्दोमा स्वर्ण पदक बिजेता खेलाडी काजल श्रेष्ठलाई २५ हजार रुपैयाँ, टेबल टेनिस रजत पदक जित्न सफल शिव शुन्दर गोथे २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै कबड्डीमा रजत पदक जित्न सफल यसोधा गिरीलाई २० हजार रुपैयाँ, ह्यान्ड्बलमा रजत पदक बिजेता देबकुमारी बाँस्कोटालाई २० हजार रुपैयाँ, भारोत्तोलनमा काँस्य पदक जित्न सफल लक्ष्मी बनलाई १५ हजार रुपैयाँ, जुडोमा कास्य पदक जित्ने शिव राम मकाजुलाई १५ हजार रुपैयाँ, बास्केटबलमा कास्य पदक बिजेता खेलाडी बिक्रम जोशीलाई १५ हजार रुपैयाँ तथा ओलम्पियन धाविका कान्छीमाया कोजुलाई १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको नाम र प्रतिष्ठालाई संसारभर फिजाउन विजेता तथा सम्मानित सवैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो । भक्तपुरबाट सागमा ९ जना व्यक्तिले विजेता हासिल गर्नु कुनै समयमा सिङ्गो मुलुकले प्राप्त गरेको उपलब्धी जतिनै भक्तपुरले हासिल गरेको उल्लेख गर्दै उहाँले खेलकुद क्षेत्रले नेपालको शिरलाई ऐतिहासिक रुपमा उचो बनाएको बताउनुभयो ।

उद्योगीहरुलाई हेरिने नकरात्मक दृष्टिकोलाई त्यागी सकारात्मक सोचको विकास आवश्यक रहेको औल्याउँदै उहाँले तीन वटै तहका सरकारले उद्योगीलाई आवश्यक सहयोग गरी आर्थिक वृद्धिदर तथा रोजागरीको बाटोलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका अध्यक्ष नवराज गेलाल, बागमती प्रदेशका सांसद कृष्णराज भँडेल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना वाँस्तोला, भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भक्त काशिछेवालगायतले विशेष बधाई ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021