सिरियामा हवाई आक्रमणमा परि नौ जनाको मृत्यु

एजेन्सी, २२ माघ । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाई कारबाहीमा नौ जना सर्वसाधारण मारिएका छन् ।

रुसआबद्ध सेनाले बुधबार बिहानै इदलिब क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका समेत रहेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् ।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।

अधिकारीहरुले हवाई आक्रमण रुसआबद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ वैशाख । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका