मन्त्री गुरुङद्वारा महिलासम्बन्धी विशेष नीति ल्याउने घोषणा

काठमाडौँ, २२ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिलासम्बन्धी विशेष नीति’ ल्याउने घोषणा गरेका छन् ।

बुधबार ललितपुरमा महिला कानुन र विकास मञ्चले गरेको बेइजिङ सम्मेलनको २५ वर्ष समीक्षामा नागरिक समाज बारेको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिला सम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको बताए ।

मन्त्री गुरुङले छाउपडी प्रथाबाट भएको समस्या भन्दा पनि बढी चर्चा भएको उल्लेख गरे । उनले यसको बढी चर्चा गरेर अन्तर्राष्ट्रिय समूदायसँग छाउपडी देखाएर मागी खाने भाँडो बनाउन खोजिएको त हैन भन्दै प्रश्न गरे । मन्त्री गुरुङले भने, ‘बोक्सी प्रथा, धामी झाँक्री प्रथा, महिला हिंसा रोक्न सरकार प्रतिवद्ध छ । मैले पुरुष भएर पनि महिलाको समस्या बुझेको छु । सामाजिक क्षेत्रलाई अहिले कमजोर रुपमा हेरिएको छ, यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लैजान समेत प्रतिवद्धता व्यक्त गर्दछु ।’

उक्त कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बेइजिङ सम्मेलनको २५ वर्षे समीक्षा नागरिक समाज बारेको प्रतिवेदन नेपालमा महिला अधिकारका क्षेत्रमा कार्यरत ७४ संस्थाको सहयोगमा तयार पारिएको जानकारी दिदै उनले नेपालमा अधिकार रक्षाका लागि प्रतिवद्धता जनाउन समस्या नभएपनि ब्यवहारमा उतार्ने कुरामा समस्या रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021