नारायणहिटीमा होटल बन्दैन : मन्त्री भट्टराई

पोखरा, २२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबारमा होटल सञ्चालन नगर्ने स्पष्टिकरण दिएका छन् ।

आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले भने, ‘नारायणहिटी दरबारमा कुनै होटल बन्दैनन् । कफी सपसम्म हुन सक्छ । त्यसलाई होटल भन्न नमिल्ला । संग्रहालयको मान्यताअनुसार नै जान्छ । होटल रिसोर्ट बनाउने होइन ।’

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट मात्र ५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि कोरोना भाइरसको संक्रमणका कारण सम्भव नहुने बताउदै उनले भने, ‘त्यताबाट हुने घाटा पूर्ति गर्नका लागि अन्त हेर्दैछौं, वैकल्पिक प्वाइन्ट खोजिरहेका छौं । ‘नेपालमा कोरोना भाइरस छैन, हामीले उच्च सतर्कता अपनाएका छौं, आइसोलेसन कक्ष निर्माणका लागि काम गरिरहेका छौं, नेपाल कोरोना भाइरस फ्री जोन हो, यसले सकारात्मक प्रभाव पारेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021