एन्फाविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ, २२ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा महिला फुटबल एकेडेमीका लागि भवन निर्माण गर्दा प्रक्रिया नपुर्‍याएको भन्दै अधिवक्ता सुजित केसीले एन्फा, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन विभाग, राष्ट्रिय खेलकुद परिषद, एन्फा रौतहट, एन्फा पदाधिकारीलगायतलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन ।

उनले रिटमा भनेका छन्, ‘वन मन्त्रालयअन्तर्गतको जमिन राष्ट्रिय प्राथमिकताको आयोजनाका लागि हो भने मात्र मन्त्रिपरिषदको निर्णय बमोजिम भोगचलन अनुमती दिनुपर्ने हो ।’

एन्फाले भने खेल मैदानका लागि लिएको जमिनमा टेक्निकल सेन्टरको भवन बन्नुलाई गैरकानूनी भन्न नमिल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021