काठमाडौँ, २२ माघ । अन्तर्राष्ट्रिय वरीयतामा नेपाली महिला र पुरुष भलिबल टिम समेटिएका छन् ।
विश्व भलिबलको सर्वोच्च संस्था एफबईभीबीले अन्तर्राष्ट्रिय वरीयतामा नेपाली महिला ८७ औं र पुरुष १३८ औं स्थानमा परेका छन् ।
८७ औं स्थानमा समेटिएको नेपाली महिला भलिबलको ५७ अंक छ । त्यस्तै, चीन पहिलो र अमेरिका दोस्रो वरीयतामा पर्न सफल भएका छन् ।
त्यसैगरी पुरुषतर्फको नेपाली भलिबल टिम १३८ औं स्थानमा छ । एफआईभीबीले पुरुषतर्फ ८३ औं स्थानदेखि तलका टिम सबैलाई ५० अंक दिएर वरीयतामा समावेश गरेको जनाएको छ । पुरुषतर्फ ब्राजिल पहिलो र पोल्याण्ड दोस्रो स्थानमा छन् ।






