आकासमै बच्चा जन्मिएपछि विमान आकस्मिक अवतरण

एजेन्सी, २२ माघ । दोहाबाट बैंककका लागि उडानमा रहेका बेला मंगलबार  एक थाई महिलाले बच्चा जन्माएकी छन् ।

ती यात्रुले विमानमा रहेका समय व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मिएको हो । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गरेका बताइएको छ ।

विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कलकत्ता विमानस्थलका अधिकारीले एएनआईलाई भने, “दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३०, को विमानले जीवन क्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३:०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण भएको छ ।

 “विमान सुरक्षित अवतरण गरेको छ भने सम्बन्धित व्यक्तिलाई चिकित्सक र विमानस्थल टोलीले आवश्यक सहयोग गरिरहेका छन् ।”  -एएनआई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै