फागुन १४ मा स्ववियु निर्वाचन नहुने

काठमाडौँ, २२ माघ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यही फागुन नहुने निश्चित भएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक एवं निमित्त रेक्टर प्रा.डा. शिवलाल भुसालले विद्यार्थी संगठनबीच कुरा नमिलेका कारण फागुन १४ गते निर्वाचन नहुने जानकारी दिए । यो वर्ष निर्वाचन गर्ने तयारी भए पनि फागुन १४ गते नै सम्भव नभएको उनको भनाइ थियो ।

विद्यार्थी संगठनबीच फागुनको पहिलो साताभित्र निर्वाचन गर्ने सहमति नभए यो वर्ष निर्वाचन नहुने प्रायः निश्चित छ । संयोजक भुसालले चैतदेखि परीक्षा गर्नुपर्ने भएकाले फागुनभित्रै निर्वाचन गर्नुपर्ने बाध्यता रहेको जानकारी विद्यार्थी संगठन तयार भएपछि मात्रै निर्वाचन गर्न सम्भव हुने बताए ।

उता नेपाल विद्यार्थी संघले सरकारले रेक्टर नियुक्ति नगरेसम्म निर्वाचन हुन नसक्ने स्पष्ट पारेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले भने, ‘हामी निर्वाचनमा जान तयार छौं तर निमित्त रेक्टर संयोजक भएर तोकेको निर्वाचन गर्न दिँदैनौं ।’

उनले रेक्टर नियुक्ति गर्न नसक्ने सरकारले कसरी निर्वाचन गर्न सक्छ भन्ने विषय गम्भीर रहेको बताए । उनले भने, ‘संयोजक नै निमित्त भएपछि कसरी निर्वाचनमा सहभागी हुने ?’ अनेरास्ववियुका संयोजक ऐन महरले नेविसंघसँग छलफल गरेर निर्वाचन गर्ने विषयमा कुराकानी भइरहेको बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021