चीनमा रहेका नेपाली कसैमा पनि संक्रमण छैन : चिनियाँ राजदूत

काठमाडौँ, २२ माघ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित हुनका साथै कसैमा पनि संक्रमण नभएको बताउनु भएको छ ।

उहाँले चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण तथा रोकथामका लागि चीनको प्रयासप्रति धेरै नेपाली जनता र सञ्चार माध्यमले निष्पक्ष, औचित्यपूर्ण र शान्त व्यबहार प्रस्तुत गरेको बताउनु भएको छ ।

सञ्चार माध्यमहरूका लागि अन्तर्वाताका रुपमा दूताबासबाट उपलब्ध सामग्रीमा राजदूत होउले यसबाट सो प्रकोपसँगको लडाइँमा चीनप्रति नेपालको विश्वास र समर्थन स्पष्ट भएको भन्दै त्यसबाट आफूहरू उत्साहित हुनुका साथै आभारी भएको बताउनु भएको छ ।

साथै चीन रहेका नेपालीहरुलाई उद्धार गर्ने विषयको केही सूचनाहरू आफूले पाएको उल्लेख गर्दै राजदूत होउले चिनियाँ पक्षले आवश्यक अनुरोधहरूलाई प्राथमिकता दिइरहेको र कुनतीतिक माध्यमबाट नेपाली अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनु भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

काठमाडौँ, ३१ भदौ । गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021