सीटीईभीटीका २४ हजार भर्ना कोटा : विद्यार्थी नै आउँदैनन्

काठमाडौँ, २२ माघ । सरकारले अर्बौं लगानी गरेर प्राविधिक शिक्षा र व्यावसायिक तालिम सञ्चालन गरे पनि कोटाअनुसार विद्यार्थी नै भर्ना नहुने गरेको पाइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि ६८ प्रतिशतमात्र भर्ना हुने गरेको पाइएको हो ।

सीटीईभीटीमार्फत सञ्चालन हुने प्राविधिक एसएलसी र डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रममा ३२ प्रतिशत अर्थात् २४ हजार कोटामा भर्ना आवेदन नै नपर्ने गरेको देखिन्छ । एसएलसी तहका ९ सय कार्यक्रममा ३५ हजार र डिप्लोमा तहमा ९३८ कार्यक्रममा ३८ हजार ९७६ भर्ना क्षमता रहेको छ । यी दुवै तहमा गरेर २४ हजार कोटामा भर्ना आवेदन नै आउँदैन ।

नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत मध्यमस्तरको जनशक्तिमध्ये ७० प्रतिशत अर्थात् २५ लाख तालिमविहीन भइरहेको अवस्थामा माग अनुसार भर्ना आवेदन नआउने सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।