काठमाडौँ, २१ माघ । नेइमार पूनः खेल खेल्न नसक्ने भएका छन् ।
शनिबार राति भएको मोन्टपिलिएरसँगको खेलको क्रममा चोट लागेपछि उनी मंगलबार नान्टेससँग हुने प्रतिस्पर्धामा पिएसजीमा रहेर खेल्न नपाउने भएका हुन् ।
पिएसजीले सोमबार निकालेको सूचनाअनुसार नेइमारको करङमा चोट लागेको र आराम गर्न पर्ने चिकित्सकको सुझाव रहेको छ । आइतवारदेखि सोमवारसम्म पेरिसमा आफ्नो २८औँ जन्म दिन भब्य रुपमा मनाउन व्यस्त नेइमारलाई कोच थोमसले नेइमारले जे गरे त्यो ठिक नभएको प्रतिक्रिया दिएका छन् ।
उनले भने-‘नेइमार जस्तो खेलाडि खेल शुरु हुन भन्दा केहि समयअघिसम्म प्रशिक्षक पुगेको स्थानमा तालिम लिन नपुगी बर्थडे मनाउनमै व्यस्त हुन्छन् भने त्यो भन्दा गलत अरु के हुन्छ ?’ पार्टी लगत्तै घोषणा भएको खेल टीममा नेइमार नपरेपछि नेइमारलाई पार्टीमै व्यस्त भइ प्रशिक्षण नलिएको कारण टीमबाट बाहिर गरिएको हो कि भन्ने समेत शंका उब्जिएको छ ।







