काठमाडौँ, २० माघ । ओमानको राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुगेको छ ।
यही बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ २२ देखि २९ गतेसम्म हुने सिरिजमा घरेलु टोली नेपालसहित ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन् । सिरिज खेल्ने अमेरिकी टोली पनि भारतको मुम्बईमा प्रशिक्षण गरेर आइतबार नै नेपाल आइसकेको छ । सिरिजमा तीन टोलीबीच एकआपसमा दुई-दुई खेल हुनेछ । ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो ।





