काठमाडौँ, २० माघ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दै छ ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । लिगमा मनाङ मर्स्याङ्दी १९ अङ्क सहित तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको त्रिभूवन आर्मी क्लबको २३ अङ्क छ ।
च्यासललाई भने रेलिगेसनको दबाब छ । च्यासल नौ अङ्क बनाउँदै १०औं स्थानमा छ । च्यासलले जम्मा दुई खेलमा जित निकालेको छ भने तीनमा बराबरी र चार खेलमा पराजय भोगेको छ ।





