नेपाल बंगलादेश बैंकलाई ४ करोड रुपैयाँ जरिवाना

काठमाडौँ, १९ माघ । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी बैंक) लाई ४ करोड रुपैयाँ जरिवाना गरेको छ ।

राष्ट्र बैंकले एनबी बैंकलाई कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै ४ करोड रुपैयाँ जरिवाना हो । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा अनिवार्य हुनुपर्ने छ । गत वर्ष एनबी बैंकले ९ प्रतिशत पनि पुर्‍याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना गर्ने गरेको छ । सोहि अनुसार राष्ट्र बैंकले ४ करोड जरिवाना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज