काठमाडौँ, १९ माघ । आज साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ सयले रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





