एजेन्सी, १९ माघ । अमेरिकी खेलाडी सोफिया केनिन अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको विजेता बनेकी छिन् ।
करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी केनिनले फाइनलमा स्पेनकी खेलाडी गारबिन मुगुरुजालाई पराजित गरिन् ।
विश्व वरियतामा १४औँ स्थानमा रहेकी केनिनले केनिनले मुगुरुजालाई ४–६, ६–२ र ६–२ को सेटमा पराजित गरिन् । आफ्नै पिता मुख्य प्रशिक्षक बनाएकी केनिनको यो करिअरकै अहिलेसम्मको ठूलो उपाधि हो ।






