नामी कलेजका विद्यार्थी आविश्कार केन्द्रको भ्रमणमा

काठमाडौँ, १७ माघ । संयुक्त अधिराज्य बेलायतको नर्थ ह्याम्पटन विश्व विद्यालयसंगको सम्वन्धन प्राप्त नामी कलेजमा बिबिए पाँचौ र छैठौं तहमा अध्ययनरत विद्यार्थीहरुले किर्तिपुरस्थित राष्ट्रिय आविश्कार केन्द्रको अध्ययन भ्रमण गरेका छन् ।

कलेजको मोडुल लिडर अफ स्ट्राटेजिक म्यानेजमेण्ट सुनेत्र प्रधानाङ्गको नेतृत्वमा कलेजका प्रोग्राम लिडर रोहित शर्मासहित कलेजका विद्यार्थी केन्द्रको अध्ययन भ्रमण गर्न गएका थिए । प्रोग्राम लिडर शर्माले विद्यार्थीहरुलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञान दिन आविश्कार केन्द्रको अध्ययन अवलोकन भ्रमण गराइएको बताए ।

नेपालका दुर्गम ग्रामिण क्षेत्रमा ताररहित इन्टरनेट सेवाको पहूँच पुर्याउन सफल भई भई रामोन म्यागासासे अन्तर्राष्ट्रिय पुरस्कार विजेता वैज्ञानिक महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविश्कार केन्द्रमा पछिल्लो समयमा भएका आविश्कार र उत्पादनबारे विद्यार्थीले जानकारी लिएका थिए ।

नामी कलेजले बेलायतको नर्थ ह्याम्पटन विश्व विद्यालयसंगको सम्वन्धनमा बिबिए, बिसिइएस (ब्याचलर इन कम्पयुटर एण्ड इन्भाइरनमेन्ट साइन्स र एमबिए विषयमा अध्ययन अध्यापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम