देवयज्ञ गर्दै ट्रिटन स्कुलमा सरस्वती पुजा

काठमाडौं, १७ माघ । श्रीपञ्चमी तथा सरस्वती पुजाको अवसरमा सुविधानगर तीनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा देवयज्ञ अर्थात अग्नीहोत्री होम लगाइयो ।

विद्यार्थीहरुलाई सनातन हिन्दू धर्मसंस्ृकति र सरस्वती माताको पुजामा देवयज्ञको महत्वबारे जानकारी दिन र वरिपरीको वातावरण स्वच्छ बनाउन सो होम गरिएको हो । विद्यालय वरिपरीको राक्षसी प्रवृत्तिको नाश गर्न र अक्सिजनको मात्रा बढाउन सो देवयज्ञ गरिएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।

सरस्वती पुजाको अवसरमा ट्रिटन स्कुलमा आयोजना गरिएको देवयज्ञबाट यज्ञ गरेको स्थानको करीव एक किलोमिटर वरिपरी अक्सिजनको मात्रा वृद्धि हुने विश्वास गरिएको छ । शुद्ध घिउ र जौ तिलको मात्रा मिलाएर यज्ञ गरेमा (होम गरेमा) अक्सिजनको मात्रा बढ्ने धार्मिक विश्वास रहेको छ ।

पतञ्जली योग समितिका केन्द्रीय सदस्य एवम् नेपाल सरकारका पूर्व सहसचिव राजन खड्काद्वारा पाठ गरिएको उक्त देवयज्ञमा विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह र निर्देशक राजन सुवेदीले व्रत बसेर यज्ञ गरेका थिए । सरस्वती पुजामा सहभागी भएका साना केटाकेटी, विद्यार्थी र अभिभावकहरु सबैलाई सरस्वती माता तथा देवयज्ञको टिका र प्रसाद वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम