सरस्वती पुजामा बेबिलोन स्कुलमा शास्त्रीय नृत्य र भजन

काठमाडौं, १७ माघ । यसवर्षको श्रीपञ्चमी अर्थात सरस्वती पुजा मुलुकभरीका विद्यालय, कलेजलगायत प्राविधिक र अन्य शैक्षिक प्रतिष्ठानहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

यसै सिलसिलामा राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा सरस्वती पुजा गर्नुका साथै साना भाईवैनीले ज्ञान र शिक्षाकी देवी श्री सरस्वती मातासंग सन्वन्धित शास्त्रीय नृत्यका साथै नवदुर्गा नृत्य र मनोरञ्जनका लागि तामाङ्ग सेलो प्रस्तुत गरे भने अरु विद्यार्थीले निरन्तररुपमा सरस्वती वन्दना पाठ गरे । विद्यालयमा सरस्वती पुजा गर्न आएका सबै विद्यार्थीलाई विद्यालयको तर्फबाट पेन्सील उपहार दिनुको साथै टिका र प्रसाद वितरण गरिएको थियो ।

सरस्वती पुजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् गायक प्रकाश आचार्य, प्रिन्सिपल राजु राई, भाइस प्रिन्सिपल रीता राई, निर्देशक, शैक्षिक कार्यक्रम संयोजकलगायत विद्यालयका सबै शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ