सरस्वती पुजामा बेबिलोन स्कुलमा शास्त्रीय नृत्य र भजन

काठमाडौं, १७ माघ । यसवर्षको श्रीपञ्चमी अर्थात सरस्वती पुजा मुलुकभरीका विद्यालय, कलेजलगायत प्राविधिक र अन्य शैक्षिक प्रतिष्ठानहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

यसै सिलसिलामा राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा सरस्वती पुजा गर्नुका साथै साना भाईवैनीले ज्ञान र शिक्षाकी देवी श्री सरस्वती मातासंग सन्वन्धित शास्त्रीय नृत्यका साथै नवदुर्गा नृत्य र मनोरञ्जनका लागि तामाङ्ग सेलो प्रस्तुत गरे भने अरु विद्यार्थीले निरन्तररुपमा सरस्वती वन्दना पाठ गरे । विद्यालयमा सरस्वती पुजा गर्न आएका सबै विद्यार्थीलाई विद्यालयको तर्फबाट पेन्सील उपहार दिनुको साथै टिका र प्रसाद वितरण गरिएको थियो ।

सरस्वती पुजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् गायक प्रकाश आचार्य, प्रिन्सिपल राजु राई, भाइस प्रिन्सिपल रीता राई, निर्देशक, शैक्षिक कार्यक्रम संयोजकलगायत विद्यालयका सबै शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम