काठमाडौँ, १७ माघ । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी भने १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





