कार्यालय सहयोगीको आम्दानी ९ करोड !

काठमाडौँ, १७ माघ । एक सरकारी जागिरमा रहेका कार्यालय सहयोगीले आफ्नो सेवा अवधिमा कति रकम आम्दानी गर्लान्? एक करोड वा त्यो भन्दा बढी । तर मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड भन्दा बढी अबैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अवैध सम्पत्ति आर्जन गरेको कसुरमा विगो ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ कामय गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

बस्नेतले २०४५ साल असोज १९ देखि मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु गरेका थिए । उनले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको अवधिलाई हेर्दा पारिश्रमिक, घरजग्गा बिक्री, सवारीसाधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा, आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गर्दा ७४ लाख ७३ हजार ३ सय ७३ वैध आय देखिएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज