गुगलले ह्याकरलाई दियो ८० करोड पुरस्कार !

एजेन्सी, १७ माघ । गुगलले एक वर्षमा झण्डै ८० करोड रुपैयाँ बराबरको रकम ह्याकरहरूलाई पुरस्कार दिएको छ ।

इन्टरनेटलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै गुगलले सन् २०१९ मा ह्याकरहरूका निम्ति ६५ लाख डलर खर्चिएको हो ।

गुगलका विभिन्न प्रडक्टहरूमा रहेका सेक्योरिटीसम्बन्धी कमजोरी तथा बगहरू पत्ता लगाइ दिएबापत गुगलले आफ्नो भल्नेरेबिलिटी रिवार्ड प्रोग्राम अर्थात् जोखिम पुरस्कार कार्यक्रमअन्तर्गत ह्याकरहरूलाई पुरस्कृत गर्दै आएको छ । ह्याकरहरूले गुगलका क्रोम ब्राउजरदेखि एन्ड्रोइडसम्मका सेवाहरूमा रहेका साइबर सुरक्षा कमजोरी तथा बगहरू पत्ता लगाइदिएर पुरस्कार जित्ने गरेका छन् । यसले गुगललाई प्रयोगकर्ताका लागि बढी सुरक्षित बनाउनका लागि सहयोग पुग्ने गरेको छ ।

गुगलले आफ्नो आधिकारिक ब्लग पोष्टमा भनेको छ, ‘सन् २०१० देखि हामीले आफ्नो भल्नेरेबिलिटी रिवार्ड प्रोगामलाई गुगलका थप प्रडक्टहरूमा पनि विस्तार गरेका छौं । यसमा क्रोम, एन्ड्रोइड तथा अन्य प्रडक्टहरूको गलत प्रयोगलाई पनि सामेल गरिएको छ । गुगल प्लेस्टोरमा विद्यमान लोकप्रिय थर्ड पार्टी एपहरू समेत यसमा समेटिन्छन् । यसको सहयोगले कुनै पनि एपमा फेला पर्ने सुरक्षा त्रुटि तथा कमजोरीहरूका बारेमा एप डेभलपर्सलाई बताउन सकिनेछ र त्यस्तो कमजोरीलाई सच्चाउन सकिनेछ । अहिलेसम्म हामीले ह्याकरहरूलाई २ करोड १० लाख डलर पुरस्कार दिइसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको