काठमाडौँ, १७ माघ । सर्वियन स्टार एवं साविक विजेता नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार राति भएको सेमिफाइनल खेलमा स्वीस स्टार रोजडर फेडेररलाई जोकोभिचले ७–६, ६–४, ६–३ को सेटमा हराए । आठौं उपाधिको मुखमा रहेका जोकोभिचले फाइनलमा अस्ट्रियाकै डोमिनिक थिम र जर्मनीका एलेक्जेन्डर जेभरेभबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।





