१५ सय सहकारी सञ्चालकको सेवा, सुविधा रोक्का

काठमाडौँ, १७ माघ । युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ ।

कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सहकारीमार्फत कर्जा दिँदै आएको छ । यसरी लगानी गरेको करिब १८ करोड रुपैयाँ सहकारीले नतिरेपछि कोषले तिनका सञ्चालकलाई स्थानीय तहबाट दिने सुविधा रोक्न पत्राचार गरेको छ ।

कोषका अनुसार एक सय एक सहकारीका पदाधिकारी र सदस्य गरी १५ सय ५३ जनाको सुविधा रोक्न स्थानीय तहलाई पत्राचार गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज